Sabda Prabaha

Loading

मुक्तक

✍️अन्जली कु. मेहता


मुक्तक १
‎मलाई अब ‘म’ जस्तै म हुन मन छ
‎आफूले यी अन्तर मनलाई छुन मन छ
‎अरूका व्यथा सुन्न नखोज्ने संसारमा,
‎आफ्नो व्यथा आफैले धुन मन छ। 

‎मुक्तक २
‎नारी हुनु पाप कि पुण्य  यति भनिदेऊ पुरूष
‎अन्तर मनमा ग्रसित यी भावना बुझिदेऊ पुरूष
‎देवी भनी सधैँ पुजिन्छन् मन्दिरमा नारी ,
‎प्रेम गर्न नसके नारीको सम्मान गरिदेऊ पुरूष

‎मुक्तक ३
‎प्रेमका नाममा आज नारी बलत्कृत हुन्छन् किन
‎प्रेम गर्छु भनी सधैँ नारीको चित्त धुन्छन् किन
‎हे पुरुष तिम्रा लागि यदि यही नै प्रेम हो भने ,
‎तिम्रा ती व्यवहारले गर्दा नारी रुन्छन् किन?

‎मुक्तक ४
‎आफ्नो प्रेमी अब आफूलाई बनाउनु छ
‎रुवाउनेको अगाडि आफूलाई हँसाउनु छ
‎यो कलियुग हो साथी यहाँ कृष्ण आउँदैन,
‎आफ्नो लाज यहाँ  आफैँले बचाउनु छ।


Leave a Comment

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्...

यहाँसम्म पढिदिनुभएकोमा धन्यवाद। शब्द प्रवाहलाई अझै जीवन्त, सक्रिय र समृद्ध बनाउन तपाईंको सहयोग र साथको अपेक्षा गर्दछौं।

प्रधान सम्पादकको खल्ती क्युआर

Scroll to Top