Sabda Prabaha

Loading

तीन मुक्तक


✍️अमर कीर्तिमानी
१.
स्नानघरमा पसेपछि मोबाइलमा कल आउँछ
दाह्री काट्ने बेला नि मेसेञ्जरमा भल आउँछ
तिमीसँग गफिन पाएपछि प्रिया अरू त के,
यो मनमा खै किन हो निकै हलचल आउँछ।
२.
यात्रु बचाउने सवारी चालक बन्न सक्छु म
अनि बेलाबेलामा दुधेबालक बन्न सक्छु म
गुरु हुँ तर पनि कहिलेकाहीँ अप्ठेरोमा भने,
चेलाको पनि आज्ञापालक झैं बन्न सक्छु म।
३.
राजमार्गमा पुग्नलाई बेतको लौरी समाएँ मैले
बिसौनीमा मोबाइल हेरि एउटा गीत गाएँ मैले
रोल्पा, लिबाङ जाने होला भनेर हात उठाएँ,
तर बसमा “रोल्बालिङ”पो लेखेको पाएँ मैले।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्...

यहाँसम्म पढिदिनुभएकोमा धन्यवाद। शब्द प्रवाहलाई अझै जीवन्त, सक्रिय र समृद्ध बनाउन तपाईंको सहयोग र साथको अपेक्षा गर्दछौं।

प्रधान सम्पादकको खल्ती क्युआर

Scroll to Top