Sabda Prabaha

Loading

शब्दप्रवाह डट कमद्वारा ‘अक्षर-शिल्पी संवाद’ आयोजना हुँदै

अक्षर-शिल्पी संवाद: शब्दप्रवाह सिर्जना र सामयिक साहित्यिक विमर्श लागि भर्चुअल कार्यक्रम

असार २०, २०८३।


नेपाली भाषा, साहित्य र सिर्जनात्मक अभिव्यक्तिलाई थप सशक्त बनाउने उद्देश्यका साथ शब्दप्रवाह डट कम ले ‘अक्षर-शिल्पी संवाद : शब्दप्रवाह सिर्जना तथा सामयिक साहित्यिक विमर्श’ कार्यक्रम आयोजना गर्न लागेको छ।

उक्त कार्यक्रम २०८३ साल असार २० गते (शनिबार) राति ९:०० बजेदेखि Zoom Meeting (भर्चुअल) मार्फत सञ्चालन हुनेछ।

कार्यक्रममा कविता, कथा, गजल, मुक्तक, निबन्ध तथा अन्य साहित्यिक सिर्जनाको वाचनसँगै समसामयिक साहित्यिक विषयमा खुला संवाद तथा विमर्श गरिनेछ। यसले नयाँ र अनुभवी स्रष्टाबीच अनुभव आदानप्रदान, सिर्जनात्मक अन्तरक्रिया तथा साहित्यिक चेतनाको विस्तारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ।

देश तथा विदेशमा रहनुभएका सम्पूर्ण साहित्यप्रेमी पाठक, लेखक, कवि, समालोचक, अनुसन्धानकर्ता तथा नेपाली साहित्यप्रति रुचि राख्ने सबै महानुभावलाई कार्यक्रममा सहभागी भई आफ्नो अमूल्य उपस्थिति जनाइदिन आयोजक शब्दप्रवाह डट कम हार्दिक अनुरोध गर्दछ।

कार्यक्रममा सहभागी हुन आवश्यक Zoom Meeting Link कार्यक्रमकै दिन शब्दप्रवाह डट कम का आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिनेछ। त्यसैले सम्पूर्ण सहभागी तथा साहित्यप्रेमी महानुभावलाई आधिकारिक फेसबुक पेज तथा अन्य सामाजिक सञ्जाल नियमित रूपमा अवलोकन गर्न अनुरोध गरिएको छ।

साहित्य केवल सिर्जना मात्र होइन, विचार, अनुभूति र समाजसँगको संवाद पनि हो। यही विश्वासलाई आत्मसात् गर्दै आयोजना हुन लागेको ‘अक्षर-शिल्पी संवाद’ कार्यक्रममा सक्रिय सहभागिताका लागि सम्पूर्ण साहित्यप्रेमीहरूलाई हार्दिक निमन्त्रणा छ।

कार्यक्रम विवरण

  • कार्यक्रम: अक्षर-शिल्पी संवाद : शब्दप्रवाह सिर्जना तथा सामयिक साहित्यिक विमर्श
  • मिति: २०८३/०३/२० गते
  • समय: राति ९:०० बजेदेखि
  • स्थान: Zoom Meeting (भर्चुअल)   

आयोजक

शब्द प्रवाह डट कम

Leave a Comment

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्...

यहाँसम्म पढिदिनुभएकोमा धन्यवाद। शब्द प्रवाहलाई अझै जीवन्त, सक्रिय र समृद्ध बनाउन तपाईंको सहयोग र साथको अपेक्षा गर्दछौं।

प्रधान सम्पादकको खल्ती क्युआर

Scroll to Top