Sabda Prabaha

Loading

चार मुक्तक

✍️राजेश एम घाएल

१,
चुलबुले छौ हातमा थमाउलान् चाउचाऊ रारा
वैंशालु उमेर छ सम्हाल, नत्र गन्नुपर्ला तारा
संसार स्वार्थीछ बचाई राख चुँडेल आफुलाई,
भोली बुझ्नेछौ प्यारु यो दुनियाँका मान्छे सारा ।


२,
भनन् नानी उमेर तिम्रो सोह्र होकी सत्र
तिम्रै नाममा लेखिदिन्छु अर्को प्रेम पत्र
साहित्यक्षेत्र पनि नशारहेछ लेख्दैजाँदा,
तिमीहरूको पुस्तक देख्नपाउँ यत्रतत्र ।


३,
फेसबुकमा भेटिएका सबै राम्रा हुँदैनन्
लाईक र कमेन्ट गर्दैमा ति हाम्रा हुँदैनन्
नानीहरू उमेरका हिसाबले चञ्चलेछौ,
तिमीलाई सम्झाउने सबै चाम्रा हुँदैनन् ।


४,
चञ्चले होइन नानी तिमी गम्भीर हुनुपर्छ
देशको माटोसँगसँगै हातलेकलम छुनुपर्छ
विकट र बेरोजगारी देशका नागरीक हौँ,
तिम्रो शिक्षाले समाजमा ज्योति भर्नुपर्छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्...

यहाँसम्म पढिदिनुभएकोमा धन्यवाद। शब्द प्रवाहलाई अझै जीवन्त, सक्रिय र समृद्ध बनाउन तपाईंको सहयोग र साथको अपेक्षा गर्दछौं।

प्रधान सम्पादकको खल्ती क्युआर

Scroll to Top