Sabda Prabaha

Loading

मुक्तक ✍️.अरुण कुमार भुजेल गोरूबथान, कालेबुङ। १)बिना देउराली हरियो पातीको काम छैनजुन बिना पूर्णिमाको रातिको काम छैनमुखले राम राम भन्दै पिठ्यूमा छुरा घोप्ने,साथीको नाममा विश्वासघातीको काम छैन। २)निधारको टीको अनि हातको चुरा उस्तै हुनसुन सानु संस्कार संस्कृतिको कुरा उस्तै हुनहेला गर्नु हुँदैन वृद्धहरूलाई दुवै पक्षकाले,आफ्ना आमा बाबा र सासु ससुरा उस्तै हुन। ३)तिमी झैँ…

मुक्तक

✍️.अरुण कुमार भुजेल
गोरूबथान, कालेबुङ।

१) बिना देउराली हरियो पातीको काम छैन
जुन बिना पूर्णिमाको रातिको काम छैन
मुखले राम राम भन्दै पिठ्यूमा छुरा घोप्ने,
साथीको नाममा विश्वासघातीको काम छैन।

२) निधारको टीको अनि हातको चुरा उस्तै हुन
सुन सानु संस्कार संस्कृतिको कुरा उस्तै हुन
हेला गर्नु हुँदैन वृद्धहरूलाई दुवै पक्षकाले,
आफ्ना आमा बाबा र सासु ससुरा उस्तै हुन।

३) तिमी झैँ मपाई हुनु छैन मलाई जान्ने हुनु छैन
कहिले घाम छान्ने कहिले जुन छान्ने हुनु छैन
म सधैँ एकनास उज्यालो बाँड्ने सूर्य सरह हुँ,
कहिले नास्तिक बन्ने कहिले धर्म मान्ने हुनु छैन।

४) हामी जता जान्छौं उतै उतै आउँछन् ती महाशय
थाहा छैन किन हो हाम्रै पछि धाउँछन् ती महाशय
हामी हाम्राे भाषा र साहित्यको कुराकानी गर्छौं ,
बीचमा आएर पश्चिमेली गीत गाउँछन् ती महाशय।

भर्खरै

Leave a Comment

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्...

यहाँसम्म पढिदिनुभएकोमा धन्यवाद। शब्द प्रवाहलाई अझै जीवन्त, सक्रिय र समृद्ध बनाउन तपाईंको सहयोग र साथको अपेक्षा गर्दछौं।

प्रधान सम्पादकको खल्ती क्युआर

Scroll to Top