![]()
टुक्का कविताको छैटौ वार्षिकोत्सव तथा पुस्तक लोकार्पण कार्यक्रम सम्पन्न
मिति २०८३ भाद्र २० गते (५ सेप्टेम्बर २०२६ ) शनिवार टुक्का कविताको छैटो वार्षिकोत्सव, पुस्तक लोकार्पण कार्यक्रम संस्थाका अध्यक्ष ताराप्रसाद चापागाईंको अध्यक्षतामा सम्पन्न भएको छ ।
प्रमुख अतिथि डा.शैलेन्दुप्रकाश नेपालको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा विशिष्ट अतिथिहरू कलानिधी दाहाल, प्रा.डा.देवी नेपाल विशेष अतिथिहरू रेणुका भट्टराई मञ्जरी, अरूण बहादुर खत्री (नदी), जनार्दन अधिकारी धड्कन, वसन्तराज अज्ञात, रमण गुरुङ, हरिभक्त सिग्देल, ललिता दोषी, सुशिल रिजाल, जनार्दन अधिकारी धड्कन, रामशरण न्यौपाने, राजेशराज गड्तौला रहेको कार्यक्रममा
केही दिन अगाडि आएको बाढीको कारण ज्यान गुमाउनु भएका सम्पूर्ण नेपालीप्रति श्रद्धाञ्जली प्रकट गर्दै एक मिनेट मौन धारण गरिएको थियो । कार्यक्रम प्रमुख अतिथि डा.शैलेन्दुप्रकाश नेपालद्धारा पानसमा दीप प्रज्वलनगरि उद्घाटन गरिएको उक्त कार्यक्रममा
शोभा गौतमले स्वागत गर्नुभएको थियो । कार्यक्रम माथि प्रकाश पार्दै सभापति ताराप्रसाद चापागाईंले टुक्का कविता र टुक्का साहित्य समाजको बारेमा जानकारी गराउनु भयो ।
कार्यक्रममा टुक्काकारहरू दिलिप कुमार शर्मा कट्टेलको ‘टुक्काञ्जली’ इन्दु श्रेष्ठको ‘टुक्का प्रवाह’ कोपिला अधिकारीको ‘टुक्का तरङ्ग’ तथा चुडामणी देवकोटाको ‘टुक्का पल्लव’ सङ्ग्रहहरूको प्रमुख अतिथि लगायत अतिथिद्धारा लोकार्पण गरिएको थियो ।
आशुकवि रेणुका भट्टराई ‘मञ्जरी’ले सर्जक चुडामणी देवकोटाको टुक्का कवितासङ्ग्रह टुक्का पल्लवको समालोचात्मक टिप्पणी गर्दै सङ्ग्रहमा विभिन्न समसामयिक विषयको गर्नुभयो । साथै उहाँले कविता भित्र महत्वपूर्ण समाजिक सन्देश, तथा आशा जगाउन सफल टुक्का कविताहरू रहेको कुरा व्यक्त गर्नुभयो । त्यसैगरि सर्जक कोपिला अधिकारीको सङ्ग्रह टुक्का तरङ्ग भित्र सामाजिक चेतना, नैतिक शिक्षा तथा असल ज्ञान बाँड्न सफल टुक्का कविताहरू रहेको भन्दै शुभकामना व्यक्त गर्नु भएको थियो ।
प्रा.डा.देवी नेपालले लघुत्तम कविताहरूले विद्युतीय झडे्का दिने क्षमता राख्ने हुँदा लघुत्तम कविताहरूको लोकप्रियता बढि रहेको छ । नेपाली भाषा साहित्यमा प्रयोग भएका टुक्का कविता लगायतका विभिन्न प्रयोगहरू बिश्वमा फैलिएर स्थापित हुनसक्ने सम्भावना रहेको भन्दै यस्ता प्रयोगहरूले समाज रुपान्तरणमा सहयोग पुग्ने रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले सर्जक इन्दु श्रेष्ठको टुक्का प्रवाहमा समेटिएका टुक्का कविताहरूले विभिन्न विषय उजागर गर्दै समाजप्रति सकारात्मक सन्देश दिन सफल भएको कुरा व्यक्त गर्नुभयो । त्यसैगरी सर्जक दिलिप कुमार शर्मा कट्टेलको टुक्काञ्जली भित्र रहेका कविताहरूमा भावगाम्भिर्यता सशक्त रहेको, नैतिक मूल्य, राष्ट्रिय जीवन, प्रकृति, विभिन्न व्यङ्ग्यहरू, आदर्श नैतिक शिक्षा, आशावादी चेतना समेटिएको भन्दै धेरै जस्ता कविताहरू चोटिला रहेको भन्दै शुभकामना व्यक्त गर्नु भएको थियो ।
कलानिधी दहालले टुक्का कविताको छैटौ वार्षिकोत्सव तथा पुस्तकका सर्जकहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै मन्तव्य राख्नु भएको थियो । सर्जकका तर्फबाट चुडामणी देवकोटा र कोपला अधिकारीले आफ्नो मन्तव्य राख्दै धन्यवाद ज्ञापन गर्नु भयो ।
कृतिका कृतिकारहरुलाई आयोजक संस्थाका तर्फवाट टुक्का साहित्य समृद्धि सम्मान र सम्पादक तथा साहित्यकार वसन्त अज्ञातलाई पनि सोही सम्मान प्रमुख अतिथिबाट समर्पण गरिएको थियो ।
कार्यक्रमा प्रमुख अतिथि डा.शैलेन्दुप्रकाश नेपालले प्रमुख अतिथिको मन्तव्य राख्दै नेपाली साहित्यमा परम्परादेखि चलि आएका लघुत्तम कविताहरू पनि निकै चाटिलो हुने गरेको कुराको स्मरण गर्दै दुई हरफमा पूर्णहूने लघुत्तम कव्यिक उपविधा टुक्का कविताले हाम्रो परम्परा पछ्याउँदै नयाँप्रयोग गरिएकोमा प्रसन्नता व्यक्त गर्दै छोटो अवधिमा नै यस विधामा हजारौँ सर्जकहरूले कलम चलाउनु र २९ वटा कृतिहरू प्रकाशित हुनु महत्वपूर्ण उपलब्धी भएको भन्दै परिकल्पनाकार ताराप्रसाद चापागाईँलाई हार्दिक बधाई तथा शुभकामना दिनु भएको थियो ।
आयोजक संस्थाकी सचिव जुमना आचार्यले कार्यकम सफल बनाउन महत्वपूर्ण समय प्रदान गर्नु भएकोमा सहभागी सम्पूर्णमा टुक्का साहित्य समाजको तर्फबाट धन्यवाद व्यक्त गर्नु भएको थियो ।
सभापति ताराप्रसाद चापागाइँले सम्पूर्णमा आभार तथा शुभकामना व्यक्त गर्दै समापन भएको कार्यक्रमा आयोजक संस्थाका महासचिव चूडा निर्भिकले कुशल सञ्चालन गरेका थिए । उक्त कार्यक्रम साहित्यकार लेखहरू प्रमोद नेपाल, निबन्ध आचार्य, कृष्ण कुमार वैद्य, कृष्ण बहादुर बजगाईँ, दीपा गुरुङ समभाव, रबिता महर्जन, नेत्र बहादुर श्रेष्ठ, कल्पना भण्डारी ‘मुस्कान’ युवराज कट्टेल ‘चट्टानु’ देवकी आचार्य, सुसिला थापा, अमर अधिकारी, नारायण लम्साल, उमा गौतम, पुष्पा दाहाल, राजु तामाङ, पवन कुमार बुढाथोकी, त्रिचन्द्र श्रेष्ठ, सानुराजा अञ्जान, लता गुरुङ, महेश धिताल, लगायत छ दर्जान भन्दा वढी स्रष्टहरुको सहभागीता रहेको थियो ।


