Sabda Prabaha

Loading

झिल्का कवितासङ्ग्रह ‘आँगन’को समीक्षा कार्यक्रम सम्पन्न

झिल्काकार सुरेशकुमार पाण्डेको झिल्का कवितासङ्ग्रह ‘आँगन’को शुक्रवार समीक्षा कार्यक्रम सम्पन्न भएको छ । राप्ती साहित्य परिषद् दाङ शाखाको आयोजनामा सञ्चालन भएको उक्त कार्यक्रममा कृतिका सम्पादकसमेत रहनुभएका साहित्यकार एवम् झिल्का साहित्य समाज नेपालका अध्यक्ष वसन्त अनुभवले उक्त झिल्का काव्यकृतिको समीक्षा गर्नुभएको थियो ।
समीक्षाको क्रममा समीक्षक वसन्त अनुभवले आँगन एउटा पुस्तक मात्र नभएर सामाजिक, राजनैतिक, सांस्कृतिक चेतना ल्याउने महत्वपूर्ण दस्तावेज हो भन्नुभयो । आँगनले देशमा विद्यमान सामाजिक, राजनीतिक एवम् सांस्कृतिक कुरुपता मात्र नदर्शाई सुधारका लागि आह्वान पनि गरेको उहाँले बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि एवम् वरिष्ठ साहित्यकार उत्तमकृष्ण मजगैँयाले शुभकामना मन्तव्य दिनुहुँदै झिल्काकार पाण्डे बहुमुखी प्रतिभाको धनी भएको उल्लेख गर्नुभयो । पाण्डेका हरेक सृजना अत्यन्त गहन र मर्मस्पर्शी हुने गरेको बताउनुभयो । पाण्डेको अन्य कृतिहरूमा झैँ यस कृतिमा पनि वर्गसंघर्ष, विद्रोह र सामाजिक, राजनैतिक द्वन्द्व, चेतनाका कुरा रहेकोे उल्लेख गर्नुभयो ।

एउटा हिन्दी भाषाको सहित ३ वटा लघुकथासङ्ग्रह, २ वटा गजल सङ्ग्रह र एउटा झिल्का कवितासङ्ग्रह प्रकाशन गराइसक्नुभएका पाण्डेका थुप्रै संयुक्त सङ्ग्रहहरू प्रकाशित छन् । ‘आँगन’ उहाँको छैटौँ एकल कृति हो ।

कार्यक्रममा विशिष्ट अतिथि पुरुषोत्तम खनालले शुभकामना मन्तव्य राख्नुका साथै कृतिकार सुरेशकुमार पाण्डेले कृतिका बारेमा बोल्नुभएको थियोे । साथै परिवारका तर्फबाट धन्यवाद मन्तव्य साहित्यकार हरिप्रसाद पाण्डेले दिनुभएको थियोे ।

कार्यक्रममा पदम प्रसाद शर्मा, डा.टिकाराम उदासी, दीपक शर्मा समीर, सविन प्रियासन, नरेशजङ्ग राणा लगायत ३ दर्जन बढी साहित्यकारहरू एवम् सर्जकका पारिवारिक सदस्यहरूको उपस्थिति रहेको थियोे ।

परिषद्का अध्यक्ष यम रेग्मीको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन सचिव घनश्याम के.सी. गर्नुभएको थियोे ।

भर्खरै

Leave a Comment

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्...

यहाँसम्म पढिदिनुभएकोमा धन्यवाद। शब्द प्रवाहलाई अझै जीवन्त, सक्रिय र समृद्ध बनाउन तपाईंको सहयोग र साथको अपेक्षा गर्दछौं।

प्रधान सम्पादकको खल्ती क्युआर

Scroll to Top