![]()
त्रिवेणी साहित्य मञ्च अमेरिकाद्वारा सञ्चालित अभ्यास समूहमा शुक्रबार अभ्यास भएको विधा: झिल्का कविता
१)बाढीले घर बगायो
मासियो खेतबारी पनि
स्मृति पीर जगायो ।
✍️सतीश पण्डित
भानु-६ चुँदी , तनहुँ ।
२)प्राकृतिक प्रकोप अहित
भोटेकोसीका दिवङ्गत आत्माहरूप्रति
अश्रुपूरित श्रद्धाञ्जली समर्पित ।
✍️नारदप्रसाद आचार्य ‘सुदामा’
संयुक्त राज्य अमेरिका ।
३)सबैको साथ, सहयोग
हुनुपर्छ यस विपत्तिमा
हटाउन प्रकृतिको रोग ।
✍️सुरेशकुमार पाण्डे
दाङ, घोराही -१८
४)भयो अकल्पनीय हानि
हृदयविदारक यस प्रहारले
मर्माहत भयो जिन्दगानी ।
✍️तोयानाथ चापागाईं
दमक,झापा ।
५)मानवता कता हरायो
लुटे लासबाट गहना
विश्व लाजले सर्मायो ।
✍️निमा छिरिङ भोटिया
जलढाका ,कालेबुङ भारत ।
६)जुटाऔंं सहयोगी हातहरू
विपत्तिमा परेकालाई बचाउन
उठाऔँ मनकारी माथहरू ।
✍️ईश्वर लामिछाने, धरान ।
७)भोटेकोसी उर्लिई आयो
बगायो सपना सारा
पीडाको बादल छायो ।
✍️अम्बिका धिताल
कमलविनायक,भक्तपुर ।
८)सुधारौँ बानी व्यवहार
उपकार गर्न नसक्नेले
नगरौँ कसैको अपकार l
✍️बाबुराम गौतम, गुल्मी ।
९)कता हरायो मानवता ?
झिक्छौ गहना लासबाट
व्यवहार तुच्छ दानवता ।
✍️पुस्पा न्यौपाने
कैलाली ।
१०)मिलेर हातेमालो गरौँ
विपत्तिमा साथ दिऊँ
सहयोगमा अघि सरौँ ।
✍️बिता महर्जन
खोकना, ललितपुर ।
११)आउँछ बाढी पहिरो
ताण्डव मच्चाई जान्छ
दिएर चोट गहिरो ।
✍️ मिना मल्ल
बझाङ, बुङ्गल ।
१२)यतिसम्म धोका पाउँदा
मानवता रत्तिभर छैन
लुट्छन् लास आउँदा ।
✍️रामकृष्ण ढकाल
चितवन ।
१३)देखाएन विपत्तिमा मानवता
लासबाट गरगहना चाेरैर
मानिसले देखायो दानवता ।
✍️राज कुमार राजभण्डारी खाेटाङ्गे
खाेटाङ ऐसेलुखर्क ३ हाल भक्तपुर ।
१४)घरबुढीलाई घरकै धन्दा
भनेझैँ लागे लुट्न
उठाउँदै आफूखुसी चन्दा ।
✍️बिबा तामाङ, दार्जिलिङ ।
१५)कस्तो विपद आयो
हेर्दाहेर्दै भेलले कठै
सारा बस्ती बगायो ।
✍️अर्पना चापागाईं
विराटनगर , मोरङ ।
१६)आमाको काख रित्तियो
रहेन बाँकी केही
सबै सपना सिद्धियोे ।
✍️ कृष्ण ब रावत, जाजरकोट ।
१७)बाढीले लग्याे आँगन
भयाे सखाप बस्ती
धर्मराए सम्पूर्ण जन ।
✍️हरिगाेपाल न्हुच्छेँप्रधान
साँगा, बनेपा-१४ काभ्रे ।
१८)सपना पानीमा बग्यो
एउटा सभ्यताको पुरै
खुसी खोसेर लग्यो ।
✍️वैँशालु महेन्द्र
लेटाङ नगरपालिका-८, जाँते, मोरङ ।
१९)प्रकृतिले प्रकोप ल्यायो
रहेन ज्यानको मूल्य
मानवता अझै सर्मायो ।
✍️नम्रत प्रधन
तकदाह, दार्जिलिङ ।
२०)लासको मुन्द्री छोडेनन्
राक्षस दानवी मानवले
मानवता कतै जोडेनन् ।
✍️सुनिता निरौला पौडेल
राधे राधे, भक्तपुर।
२१)आँखाबाट बग्दैछ निर
कहिले थामिन्छ होला ?
बाढी पहिरोको पिर ।
✍️अरुण कुमार भुजेल
गोरूबथान, कालेबुङ ।
२२)भोटेकोसीको बाढीले डुबायो
निम्त्यायो राष्ट्रिय विपत्ति
नेपालीलाई रुवाउनु रुवायो ।
✍️शोभाकान्त ।
२३)बन्यो प्रकृति बहिरो
कहिल्यै निको नहुने
घाउ दियो गहिरो ।
✍️प्रतिज्ञा प्रतिज्ञा
मेहेलकुना, सुर्खेत ।
२४)विपदको घडीमा धैर्यधारण
गर्दै प्रार्थना गर्दछु
होओस् दुःखको निवारण ।
✍️ध्रुव खड्का
फेदीखोला १, स्याङ्जा ।
२५)अकस्मात् बाढी आयो
लाखौँ धनजनको क्षति
देशभर सन्नाटा छायो ।
✍️साबित्री प्याकुरेल, धादिङ ।
२६)हृदयमा मानवता भरेर
मलम लगाउँ पीडितलाई
सक्दो सहयोग गरेर ।
✍️विष्णु पंगेनी (पाण्डे)
वालिङ, स्याङ्जा ।
२७)लासको बजार छायो
रसुवा अनि नुवाकोटमा
कालो दिन आयो ।
✍️ प्रेम शर्मा “एकान्त प्रेमी”
कालेबुङ ।
२८)अश्रुधारा झरेको बेला
जतिसक्दो सहयोग गरौँ
विपत्ति परेको बेला ।
✍️ आर के भण्डारी ।
२९)छताछुल्ल भए लास
प्राकृतिक प्रकोपले गर्दा
बस्तीको भयो उठिबास ।
✍️रिमेन आलोक, अष्ट्रेलिया ।
३०)प्रकृतिको कस्तो खेल
जनधन बगायो सारा
अचानक बढेर भेल ।
✍️अम्बिका राणा
खरसाङ दार्जिलिङ ।
३१)सपनाहरूको घर बगायो
भोटेकोसीको उर्लदो बाढीले
देशलाई दुखी बनायो ।
✍️क्षितिज बिरु राना
वनगाड ,कुपिण्डे नगरपालिका -३ बडापोखरा, सल्यान ।
३२)बगरको चारैतिर लास
के गर्नु भगवान् ?
रहेन कसैको बास ।
✍️रमा गुरुङ्ग
सालुगडा सिलीगुडी ।
३३)बाढीले घरहरू बगायो
आकाश भयो छ्त
दृश्यले निशब्द बनायो ।
✍️बिबा तामाङ, दार्जिलिङ ।
३४)कसरी कोरुँ अक्षरहरू ?
अकल्पनीय प्रकृति प्रकोपको
विक्षिप्त पीडाका भावहरू ।
✍️राजेन्द्र जि सी “यसत”
३५)नदेखेझैँ गर्छ लास
मानवता हराउँदै गयो
खोजेर हिँड्छ ग्यास ।
✍️माघब अधिकारी, अस्ट्रेलिया ।
३६)बनाएको मरी मरी
सुन्दर घर बाढीले
बगायो नि कठैबरी !
✍️नविन पागल मुस्कान
हाल: बझाङ ।


