Sabda Prabaha

Loading

स्रग्धरा छन्द कविता रोक्न सक्तैन आँधी सर्जक : धर्मराज भण्डारीठेगाना : गोदावरी ४ ,  बास्कोटा कैलाली आऊ आजै समालौं मनभव सब त्यो धैर्यको लक्ष राखौं ।सारा बाँधाहरूमा विचलित नबनौं कर्ममा लाग्न थालौं ।।साथै साथै हिडेमा प्रकृतिपथ संगै मिल्छ भित्री चिकित्सा ।यै हो सम्पुर्ण उर्जा सफल सब हुने जो छ सारा अभिप्सा ।। आफ्ना बानी सुधारौं…

स्रग्धरा छन्द कविता

रोक्न सक्तैन आँधी

सर्जक : धर्मराज भण्डारी
ठेगाना : गोदावरी ४ ,  बास्कोटा कैलाली

आऊ आजै समालौं मनभव सब त्यो धैर्यको लक्ष राखौं ।
सारा बाँधाहरूमा विचलित नबनौं कर्ममा लाग्न थालौं ।।
साथै साथै हिडेमा प्रकृतिपथ संगै मिल्छ भित्री चिकित्सा ।
यै हो सम्पुर्ण उर्जा सफल सब हुने जो छ सारा अभिप्सा ।।

आफ्ना बानी सुधारौं पलपल नचुकी कर्म साथै हिडाऊँ ।
जम्मै ती लक्ष बोकी प्रगति सब हुने सोच राम्रा फिजाऊँ ।।
के हो त्यो मार्ग मेरो शिरउपर हुने काम कर्तव्य गर्दा ?
भन्ने सद्शोच राखौं कलुषित मनका भावमा लाउँ पर्दा ।।

आफू विश्वास राखौं मनमगज सबै शक्तिको केन्द्र मानौँ ।
जे सोच्यो हुन्छ त्यस्तो प्रकृति नियमको शुत्र सङ्केत जानौं ।।
जम्मै आशा बनाई हृदयतल भरी कर्म गन्तव्य जोडौं ।
कर्मैमा ध्यान राखौं अडिग दृढ़ रहौं घोर आलस्य छोडौं ।।

छोडौं जम्मै निराशा अवनतिपनका भाव दुष्भाव सारा ।
जोडौं उत्साह आशा प्रमुदित रहँदै काममा दिव्य धारा ।।
आफ्ना मस्तिष्क माथी प्रखर चहकिलो चाँदनी कान्ति हालौं
कैले थाक्दै नथाकी तनमन सबले कर्मको दीप बालौं ।

जस्तै अग्ला हिमाली शिखरहरु यहाँ पग्लिदा हैम राशी ।
हुन्नन् छोटा कदापी शिखर हिमचुली स्थिर हुन्छन् सदा ती ।।
उस्तै चट्टान बाक्ला अगमभृगु कडा खस्न जान्दैन भाँसी ।
त्यस्तै त्यो लक्ष पूरा सवलसित गरौं रोक्न सक्तैन आँधी ।।

भर्खरै

Leave a Comment

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्...

यहाँसम्म पढिदिनुभएकोमा धन्यवाद। शब्द प्रवाहलाई अझै जीवन्त, सक्रिय र समृद्ध बनाउन तपाईंको सहयोग र साथको अपेक्षा गर्दछौं।

प्रधान सम्पादकको खल्ती क्युआर

Scroll to Top