Sabda Prabaha

Loading

कविता
जातको रेखो कोर्दैन माटोले!


✍️अम्बिका राणा
खरसाङ दार्जिलिङ ।

जातको रेखो कोर्दैन माटोले
किनकि-
माटोमा सबैले अन्नबाली रोप्छन्
माटोले
कहिल्यै जातको कुरो गर्दैन
त्यो माटोमा कसको परिश्रमले
फलफूल उब्जनी हुन्छ
खेतीपाती हुन्छ
कुन जातले रोपेको हो
कसको परिश्रमले
सागसब्जी भइरहेको छ
त्यो त निर्दोष माटोलाई
के थाहा हुन्छ र !
हामी पनि माटोझैँ
निस्वार्थ बनौँ ।
कसैलाई पनि
भेदभावको नजरले होइन,
एक असल र सकारात्मक
सोच लिएर
जिन्दगीलाई अघि बढाउनुपर्छ
माटोबाट नै हामीले
राम्रो शिक्षा हासिल गर्नुपर्छ

जसले परिश्रम गर्छन्,
अन्नपात लहलह हुन्छ
न त कसले रोपेको हो
केही भेदभाव छैन
न त जात हेर्छ
न त धनी गरिब नै हेर्छ माटोले
केवल मेहनत गर्नुपर्छ
जातको रेखो कोर्दैन माटोले !!


भर्खरै

Leave a Comment

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्...

यहाँसम्म पढिदिनुभएकोमा धन्यवाद। शब्द प्रवाहलाई अझै जीवन्त, सक्रिय र समृद्ध बनाउन तपाईंको सहयोग र साथको अपेक्षा गर्दछौं।

प्रधान सम्पादकको खल्ती क्युआर

Scroll to Top