Sabda Prabaha

Loading

मुक्तक दोहोरी मुक्तक ✍️.सरु श्रेष्ठ VS रुक्मणी क्षेत्री सुरुवाती मुक्तक: सम्हाल्नै गारो भाछ आफ्नै जीवन कमजोर भएर होलापिर थपिए जस्तो लाग्छ झन कमजोर भएर होलावचनका प्रहाले घोचेका हुन् हिजो कसैले केही भन्दा,आजभोलि छिट्टै दुख्छ मन कमजोर भएर होला।रुक्मणी क्षेत्री प्रतिउत्तरमुक्तकदु:ख पछि सुख को दिन आउनेछपरिवारमा चाडै नै खुसि छाउनेछचिन्ता अनि डर केही नलिनु बहिनी,शङ्घर्षले एक…

मुक्तक दोहोरी मुक्तक
✍️.सरु श्रेष्ठ VS रुक्मणी क्षेत्री

सुरुवाती मुक्तक:

सम्हाल्नै गारो भाछ आफ्नै जीवन कमजोर भएर होला
पिर थपिए जस्तो लाग्छ झन कमजोर भएर होला
वचनका प्रहाले घोचेका हुन् हिजो कसैले केही भन्दा,
आजभोलि छिट्टै दुख्छ मन कमजोर भएर होला।
रुक्मणी क्षेत्री

प्रतिउत्तर
मुक्तक
दु:ख पछि सुख को दिन आउनेछ
परिवारमा चाडै नै खुसि छाउनेछ
चिन्ता अनि डर केही नलिनु बहिनी,
शङ्घर्षले एक दिन साथ पाउनेछ।
सरु श्रेष्ठ
तेह्रथुम

प्रतिउत्तर
भर लाग्दैन कहिले खुसी आउला र?
सबैले जसरी मैलेनी खुसी पाउला र ?
अबत कत्ति पनि आश लाग्दैन दिदी,
पैला जसरी फेरि म रमाउला र?
रुक्मणी क्षेत्री

प्रतिउत्तर मुक्तक
हृदय हैन चूल्होमा आगो बाल्नु पर्छ बहिनी
साहुका ती कठोर वचन गाल्नु पर्छ बहिनी
दुख सुख जिन्दगीमा आइ रहन्छ पल पल,
बुढा भएका बा”आमा सम्हाल्नु पर्छ बहिनी।
सरु श्रेष्ठ
तेह्रथुम

प्रतिउत्तर
सुख आउने आशमा बसेको छु
हिम्मतिलो बन्न कम्मर कसको छु
सहिभन्नु भो दिदी बुढा बाआमाकै लागि,
देश छोडी प्रदेश पसेको छु।
रुक्मणी क्षेत्री

प्रतिउत्तर मुक्तक
रहर हैन बाध्यताले टाढा भएकि छाै
साहुका वचनले आँसु सगै बहेकि छाै
सँग हुने दिन आउछ बहिनी पिर नगर,
घर परिवारको दु:ख धेरै सहेकि छाै।
सरु श्रेष्ठ
तेह्रथुम

प्रतिउत्तर
बाध्यताले मलाई धेरै घुमाएको छ
सपनाहरुले रहर गुमाएको छ
धेरै विश्वास गर्ने भगवानलाई हो मैले,
तिनै भगवानले धरधरी रुवाएको छ ।
रुक्मणी क्षेत्री
बझाङ्ग

प्रतिउत्तर मुक्तक
बा”को दाैरा अनि आमा को चोलि मा नै रमाइ दिनु
गाउँ घर ~ वनपाखा खोलि मा नै रमाइ दिनु
छोराछोरी विदेशी ने पल नआवस भगवान कसैको,
बुढा बा आमा को मीठो बोली मा ने रमाइ दिनु ।
सरु श्रेष्ठ
तेह्रथुम

भर्खरै

Leave a Comment

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्...

यहाँसम्म पढिदिनुभएकोमा धन्यवाद। शब्द प्रवाहलाई अझै जीवन्त, सक्रिय र समृद्ध बनाउन तपाईंको सहयोग र साथको अपेक्षा गर्दछौं।

प्रधान सम्पादकको खल्ती क्युआर

Scroll to Top