Sabda Prabaha

Loading

लघुकथा
शीर्षक : बाध्यता

✍️विष्णु पंगेनी (पाण्डे)
वालिङ ,स्याङ्जा

हिजोआज बालबालिका ,वृद्धवृद्धाहरू सबै मोबाइलमा झुम्मिन लागे त बा! “हैन मोबाइल हेर्न पाएपछि त खाना खान भोक पनि लाग्ने रहेनछ है भन्दै सीता भुतभुताउछिन्।”
७० कटेका सासूससुरा र छोराछोरी जतिबेलै मोबाइलकै स्क्रिनमा तल्लीन हुन्छन् । न त समय बितेको पत्ता पाउछन् न त आमालाई कुनै काममा सहयोग गर्छन् । सासुससुरा त वृद्ध भइसके ज्ञानगुनका कुराहरू र भजनकीर्तन भुल्दा ठिकै भयो तर मोबाइल हेर्न पाएपछि खाना खाने समय र सुत्नेको भने ठेगान थिएन । यता सीतालाई भने घरव्यहार र आफ्नो प्राइभेट जागिरले समाल्न निकै गार्‍हो भएको थियो। काम गरिदिए देखि छोराछोरी पनि आमालाई सानोतिनो काम सघाउने भइसकेका थिए। चारैतिरको कामको चापले सीता थकित हुन्थिन् तर उनको मर्म बुझिदिने कोही पनि थिएनन् । उनी यो मेरो दायित्व र कर्तव्य हो ठान्दथिन्। जागिरको सिलसिलामा बाहिर भएका श्रीमान कहिलेकाँही बिदामा मात्रै घरमा आउँथे। कहिलेकाँही परिवारलाई भेट्न् आउने श्रीमानलाई पनि उनी आफ्ना दुःख देखाउन सक्दिनन् । चाहेर वा नचाहेरै आफ्नो कर्तव्य पूरा गर्नुपर्ने यो नै उनको जीवनको बाध्यता थियो।

भर्खरै

Leave a Comment

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्...

यहाँसम्म पढिदिनुभएकोमा धन्यवाद। शब्द प्रवाहलाई अझै जीवन्त, सक्रिय र समृद्ध बनाउन तपाईंको सहयोग र साथको अपेक्षा गर्दछौं।

प्रधान सम्पादकको खल्ती क्युआर

Scroll to Top