![]()
चारवटा मुक्तक
✍️ईश्वर लामिछाने
१.
तिमी गीत म संगीत सुझाएर आउ प्रिय
राग भरी मेरो चित्त बुझाएर आउ प्रिय
तिमी बादल म पानी हुँ तताउँदै चिस्याउँदै
बर्षाएर प्रेमको वर्षा रुझाएर आउ प्रिय ।
२.
सन्तानकै लागि आफ्ना सारा ईच्छाहरु मार्छिन् आमा,
आफू भाेकै बसेर पनि बालबच्चा तृप्त पार्छिन आमा,
कति विशाल छ ममताले भरिएकाे आमाकाे छाती,
आफू डुबेर पनि सन्तानलाई भवसागर तार्छिन आमा ।
३.
अन्यायकाे विरुद्धमा काँडा बन्नु सधैँ तिमी
असहाय दुःखीहरुकाे सहारा बन्नु सधैँ तिमी
भृकुटी र सीता अनि टेरेसा र जेटकिन जस्तै
संसारभरि राेसनी छर्ने तारा बन्नु सधैँ तिमी ।
४.
भन्छ्याै भने तिम्राे लागि, जून तारा झारिदिउँला
हातमा बाला,कानमा ढुङ्ग्री, पछ्याैरी र सारी दिउँला
मेराे माया सङ्लाे पानी, नमान है कुनै सङ्काेच
प्रेमसागरमा डुबाएर, तिमीलाई तृप्त पारिदिउँला ।


