Sabda Prabaha

Loading

खोम काफ्लेका चारवटा मुक्तक

✍️खोम काफ्ले
दागाना,निचुला,भूटान


तिमी सँग प्रेम नाता जोड्न चाहन्छु
प्रेमरुपि बगैंचा‌ म गोड्न चाहन्छु
भत्किएको मायाको जिर्ण गृहलाई
तिमीलाई सुम्पिएर छोड्न चाहन्छु।।


कस्तो रहेछ मेरो तक्दिर यो
गडेर बस्यो मनमा पीर यो
कयौँ सपना सजाई मनमै मरे
म झुकाई बस्छु सधैँ शिर यो।।


छोरी घरकी अमूल्य हार हुन्
परिवारकी एक आधार हुन्
अनेकौँ दुःख सही आमा बन्ने
छोरी नै लक्ष्मीकी अवतार हुन्।।


कर्तव्य पथमा लम्किन धेरै सङ्घर्ष गर्नु पर्दछ
सफल भएर चम्किन धेरै सङ्घर्ष गर्नु पर्दछ

आउने बाधा र व्यवधान सँग जमेर लड्नलाई
लिएर हिम्मत हम्किन धेरै सङ्घर्ष गर्नु पर्दछ।।

भर्खरै

Leave a Comment

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्...

यहाँसम्म पढिदिनुभएकोमा धन्यवाद। शब्द प्रवाहलाई अझै जीवन्त, सक्रिय र समृद्ध बनाउन तपाईंको सहयोग र साथको अपेक्षा गर्दछौं।

प्रधान सम्पादकको खल्ती क्युआर

Scroll to Top